बाहिरियो ‘हाइस्कुल’ को किचलो (भिडियो)

केहि समयअघि राजधानीमा भब्य कार्यक्रम गरी वेब सिरिज ‘हाईस्कुल’ को ट्रेलर सार्वजनिक भएको थियो । ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा पनि उक्त वेब सिरिजमा हुने भएपछि वेब सिरिजले एकदमै राम्रो हाईप पाएको थियो । वेब सिरिजका केहि श्रृंखलाहरु सुट भएर सार्वजनिक पनि भए तर एक सातादेखी उक्त वेब सिरिज रिलिज भएको छैन ।

हप्तामा एउटा रिलिज हुने वेब सिरिज यो साता नआएपछि सामाजिक सञ्जालमा अनेक किसिमका टिका–टिप्पणीहरु भए । वेब सिरिज के कारणले बन्द भयो भन्ने बिषयमा सिरिजकै एक कलाकार स्नेहा पौडेलले गज्जबको अनलाईनसँग गोप्य कुराहरु खोलेकी छिन् ।

‘हाम्रो हाईस्कुल’ वेबसिरिज बन्द भएको बिषयमा बोल्दै स्नेहाले भनिन्, ‘कलाकारहरुको टीम र हाईस्कुलको प्रोडक्सनको टीमसँग कुराकानी मिलेन । एकदमै खुलेरै भन्नुपर्दा पैसाको कारोबार मिलेन । पैसाको कुरा मिल्ला भनेर कारोबार नमिले पनि हामीले काम गर्न भने छाडेका थिएनौँ । त्यस्तो कुरा भइरहँदा हामीलाई नै थाहा नदिई सिरिजको अर्को एपिसोड युट्युबमा आईसकेको रहेछ । अर्को एपिसोड रिलिज भइसक्दा हामी एकदमै चकित परेका थियौँ । त्यसपछि हामीले उक्त वेब सिरिजमा काम नगरेका हौँ ।’

स्नेहाले आफ्नो टीमले छोडेपनि प्रोडक्सन टिमले गर्ने अन्य र अरु वेबसिरिजहरुको लागि पनि धन्यवाद दिएकी छिन् । यस्तै उनले आफुहरुले एउटा प्रोजेक्टमा काम गर्न लागिरहेको बताउँदै आफुलाई सर्पोट गर्नको लागि समेत दर्शक र शुभचिन्तकमाझ अनुरोध गरेकी छिन् ।

यता, ‘हाम्रो हाईस्कुल’ का निर्देशक नितिन चन्दले भने पैसा नदिएको कुरालाई ठाडै अस्विकार गरेका छन् । गज्जबको अनलाईनसँगको कुराकानीमा निर्देशक नितिनले भने, ‘कलाकारहरुको टोलीलाई हामीले एग्रिमेन्ट अनुसारको पैसा हामीले दिन्छु भनेका हौँ । उहाँहरुले हामीलाई पैसा थप्दिनुस् भन्नुभएको हो । एग्रिमेन्ट अनुसारको पैसा दिन्छौँ तर हामीले पैसा थप्न सक्दैनौँ भनिसकेपछि कुरा नमिलेको हो ।’

निर्देशक चन्दका अनुसार दशैँ अघि ‘हाम्रो हाईस्कुल’को एउटा एपिसोड आउने र अरु एपिसोड दशैँ पछि रिलिज हुनेछ । दशैँ पछि सुट हुने एपिसोडहरुमा पुराना कलाकारहरु नभई नयाँ कलाकारहरु देखिने छन् ।

निर्वाचनको वातावरण बन्दै गएको छः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । उनले राहत वितरणका लागि प्राधिकरण गठन गर्नुपर्ने ...