नुवाकोटमा पहिलो पटक अण्डर फिप्टिन चंगा चेट प्रतियोगिता हुँदै

विदुर असोज १०, नुवाकोटको विदुर सिटी युथ क्लबले दशैंको अवसर पारेर अण्डर फिप्टिन चंगा चेट प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ११ गते फूलपातीको दिन १५ वर्ष मुनिका बालबालिकाहरुलाई लक्ष्ति गरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अण्डर फिप्टिन नुवाकोट चंगा उत्सव कार्यक्रम” आयोजना गरिएको क्लबका अध्यक्ष विशाल सापकोटाले बताउनुभयो ।
जिल्लाका बालबालिकाहरुलाई अहिलेको आधुनिकयुगको सबैभन्दा दरिलो उपज मोबाइलको दुनियाबाट बाहिर निकालेर समाज र प्रकृतिसंग रमाउन सिकाई सामाजिक बन्न प्रेरित गर्दै दशैको एक विशेषतालाई परिचित गराउदै चंगा उढाउने बानीलाई पुर्नःर्ताजगी गर्न चंगा उत्सव कार्यक्रमले टेवा पुर्याउने क्लबका अध्यक्ष सापकोटाले बताउनुभयो ।
हाम्रो बिबिधता र अनेकतामा एकता भन्ने संदेश र शिक्षा सहित दशैको उत्साह र उमंग थप्दै विलिन हुँदै गएको चंगा उढाउने परम्परालाई निरन्तरता दिनका लागि सामुहिक कार्यक्रम संचालन गर्न लागेका क्लबका उपाध्यक्ष सुनील श्रेष्ठले बताउनुभयो ।
क्लबले आश्विन ६ गते घटस्थापनाको दिन संस्थाका सदस्यहरु तथा स्थानीयहरुको आर्थिक सहयोग तथा मैथली व्यारेकका सेनाहरुको सहयोगमा विदुर नगरकार्यपालिकाको १०० मि. दक्षिणपट्टि “दशै तिहार पिंग खेल कार्यक्रम“का लागि लिंगे पिंग राखेकको छ । पिंगबाट स्थानीय बालबालिका, वयस्क, वृद(वृदा सबैमा दशैको रौनक थपिएको महशुस गरेका क्लबका सचिव प्रदिप पण्डितले जानकारी दिनुभयो ।

३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं ७, मंसिरपहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू ...