निर्वाचनको लागि नेकपा एमाले नुवाकोटद्धारा परिचालन कमिटी गठन

रसुवा असोज ११, निर्वाचनका लागि नेकपा एमाले नुवाकोटद्धारा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । गठन गरिएको कमिटि एक हजार ५५ सदस्य रहेको नेकपा एमाले नुवाकोटले जनाएको छ ।
विदुरमा मंगलबार बसेको १२ औ जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको हो । स्थानीयतहको निर्वाचनमा सदस्य सङ्ख्याको आधारमा सबैभन्दा ठूलो दल भएको एमालेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई बिजयी गराउन निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख बासुदेव कडुवालले जानकारी दिनुभएको छ ।
मंसिर १० गते हुन लागिरहेको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा बनाउनको लागी निर्वाचन परिचालन, जनपरिचालन, पार्टीको एजेण्डा प्रचारप्रसार लगायतको प्रचारात्मक काम गर्नको लागी निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख कडुवालले जानकारी दिनुभएको छ ।
नेकपा एमाले नुवाकोटको जिल्ला कमिटीको बैठकले राज्य पुर्नसंरचना अनुसार जिल्लाका कायम गरिएको दुई प्रतिनिधिसभा र चार प्रदेशसभाको लागी संयोजक र इञ्चार्जहरु समेत चयन गरिएको छ ।
आसन्न निर्वाचनको लागी उम्मेदवारहरुको नामावली संकलन, उम्मेदवारहरुको प्रस्ताव, चुनावी प्रचारप्रसार लगायतको चुनावी अभियान सञ्चालन गर्न संयोजक र इञ्चार्जहरु चयन गरेको प्रचार विभाग प्रमुख कडुवालले जानकारी दिनुभएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे सहितको उपस्थितीमा बसेको सपन्न बैठकले आसन्न निर्वाचनको लागी प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार छनोटको बिषयमा छलफल गरेपनि अन्तिम निर्णयमा भने पुग्न बाँकी रहेको जनाएको छ ।
निर्वाचनमा पुराना अनुहारलाई उठाउने कि नयाँ अनुहारलाई स्थान दिने भन्नेमा केन्द्रबाट केही पनि निर्देशन नआएको र जिल्लामा छलफल पनि जारी रहेकाले उम्मेदवारको टुङ्गो लगाउन अझै केही दिन लाग्ने बैठकपछि एमाले नुवाकोटका प्रचार विभाग प्रमुख कडुवालले बताउनुभएको छ ।
यस्तै, अन्य पार्टीहरुसंगको तालमेल गरी उम्मेदवार छनोट गर्ने भन्नेमा बैठकमा छलफल नै नभएको र अहिले त्यस्तो तयारी समेत केही नभएको उहाँले स्पष्ट पार्नुभएको छ ।
नेकपा माओवादी केन्द्रसंग तालमेलको छलफल चलिरहेको भन्ने विषयलाई अस्वीकार गर्दै उहाँले केन्द्रको निर्देशन र राजनीतिक छलफलको बाटो खुला भएपनि अहिलेसम्म कुनै पार्टीसंग तालमेलको प्रक्रिया नै अघि नबढेको प्रचार विभाग प्रमुख कडुवालले बताउनुभएको छ ।

लोकसेवाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्‍यो

लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आइतबारदेखि काम थालेको छ । शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो ...