यु १८ साफ च्याम्पियनसिपको उपाधी नेपालले जित्यो

काठमाडौं, असोज ११ – १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो ।
भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन र नेपालले २–० ले खेल आफ्नो पक्षमा पारेसँगै उपाधी जित्यो ।
यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो ।
प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए । बुधबार नै भएको खेलमा बंगलादेश विजयी भएको थियो । बंगलादेशले आयोजक भुटानलाई २–० ले हराएको हो । नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता भएकाले शीर्ष स्थानमा रहेको नेपालले उपाधी जितेको हो ।

कुलमानलाई भेटेर प्रचण्डले भने-सुदूरपश्चिमको लोडसेडिङ हटाउनुपर्‍यो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ...