दुई ठुला पार्टीबीचको चुनावी तालमेलप्रति विवेकशील साझा पार्टी सकरात्मक

0

रसुवा असोज १८, ठुला दुईपार्टी बीचको चुनावी तालमेल प्रति विवेकशील साझा पार्टी सकरात्मक देखिएको छ । नेकपा एमाले,माओवादी केन्द्र र नयाँ शत्ति नेपालपार्टीबिच मंगलबार भएको चुनावी तालमेल तथा पार्टी एकताको प्रयासप्रति विवेकशील साझा पार्टीले सकरात्मक धारणा व्यत्त गरेको छ । विवेकशील साझा पार्टीका प्रवत्ता रमेश पौडेलले बुधबार एक वित्तप्ती जारी गर्दै नेपाली राजनीतिको उलेख्य भूमिकामा रहेका केही वामपंथी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयास प्रति पार्टीको पनि ध्यानाकर्षण भएको जनाएको छ ।
। सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिन्छौं र त्यसको स्वागत गर्छौं विज्ञप्तीमा भनिएको छ ।

नेपाली राजनीतिले संबोधन गर्नैपर्ने सुशासन, विकाश र संवृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्ने हो अझै प्रस्ट नभएको भन्दै विवेकशील साझा पार्टीले विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरित धारणा समेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य(मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिन्छ ।
जसले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्ट्राचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना छ भने अर्को्तिर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढि संस्थागत गर्ने जोखिम देखिन्छ विज्ञप्तीम भनिएको छ ।

No comments

अपडेटः धादिङ बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो

११ असोज, धादिङ । ११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । घाइतेमध्ये ६ जनालार्इ ...