रसुवामा वाम गठबन्धनको संयुक्त भेला सम्पन्न,एकजुट भई अघि बढ्ने प्रतिवद्दता

0

कालिकास्थान असोज १९, रसुवामा वाम गठबन्धन एकतामा सहभागी भएका तीनदलको संयुक्त भेला सम्पन्न भएको छ । नेपालमा पछिल्लो समय वाम एकता अभियान सुरुवात भएको छ ।

गठनबन्धनका मुख्य तीनदलको नेता तथा कार्यकर्ताको सहभागितामा रसुवाको कालिकास्थानमा भेला आयोजना गरी केन्द्रीय नीतिको कार्यान्वयनको सुरुवात गरिएको उद्घोष गरेका छन् । भेलामा तीन पार्टीको नेता, कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
गठबन्धनको बृहत भेलाले एकजुट भई अघि बढ्ने निर्णय गरेको छ । उनीहरुले ३ बुँदे प्रतिवद्दता घोषणा गरी जिल्लाभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकजुट भई अघि बढ्न सामूहिक आव्हान गरेका छन् ।

नेताहरुले रसुवाबाट असल अभ्यास सुरुवात गरिने धाराण व्यत्त गरे ।
आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एकजुट भई गठबन्धतको जुन सुकै उमेद्वार उठेपनि निर्वाचित गर्ने उनीहरुले प्रतिवद्दता व्यक्त गरेका छन् । भेलाको संयोजन नेकपा एमालेका नेता तथा क्षेत्र नं. २ का सहसंयोजक भवानीप्रसाद न्यौपानेले गरेका थिए । भेलामा सहभागी नेता, कार्यकर्ता र शुभेच्छुकले चियापान कार्यक्रम मार्फत शुभकामना आदानप्रदान समेत गरेका थिए ।

No comments

भवन भत्किँदा २० जनाको मृत्यु

१९ कात्तिक – पाकिस्तानको लाहोरमा एक निर्माणधिन भवन भत्किँदा २० जनाको ज्यान गएको छ । लाहोरमा निर्माणधिन एक कारखानाको भवन भत्किँदा त्यहाँ काम गरिरहेका २० ...