विवेकशील साझाले प्रतिनिधिसभाका उम्मेदवार छान्न थाल्यो, रवीन्द्र मिश्र काठमाडौं १ बाट लड्ने

विवेकशील साझा पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा काठमाडौंका ६ वटा क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छ ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने हुनुभएको छ । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवारी दिने विवेकशील साझाले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा सुबुना बस्नेत,  ७ मा अनुपा श्रेष्ठ, ८ मा पुकार बम र ९ नम्बर निर्वाचन क्षेत्रमा मिलन पाण्डेले उम्मेदवारी दिने विवेकशील साझा पार्टीले घोषणा गरेको छ । बाँकी उम्मेदवार पनि घोषणा गर्दै जान पार्टीले जनाएको छ ।

एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास

एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास गोर्खाबाट शुरु हुने चुनावी सभालार्इ अोली र प्रचण्डले सम्वोधन गर्ने कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष ...