फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५ बाट सिफारिस

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।

त्यस क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुनुहुन्छ । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

साथै ५ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराउनुभयो । – रासस

कारागारभित्रै कैदीले गरे बिहे

२१ माघ – जिल्ला कारागार शाखा रामेछापमा बिहीबार बिहानैदेखि चहलपहल अलि बेग्लै थियो । कारागारको मुख्य कम्पाउण्डभित्र नयाँ मानिसहरु पनि फाट्टफुट्ट देखिन्थे । कैदीका नाइके ...