डिसहोम र हलको समस्या समाधान गर्न बन्यो वार्ता कमिटी

0

पछिल्लो समयमा डिस होम र सिनेमा घरहरुमा नेपाली चलचित्र एकसाथ प्रदर्शनलाई लिएर आएको विवादको व्यवस्थित र समयानुकुल समाधानको लागि नेपाल चलचित्र निर्माता संघले वार्ता कमिटी गठन गरेको छ । आज बसेको संघको केन्द्रिय कार्यसमितीको बैठकले संघका महासचिव रोज राणाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरिएको हो ।

रोजको वार्ता कमिटीमा उनीसँगै निर्माता छविराज ओझा, निर्देशक बिकासराज आचार्य, रौनक बिक्रम कँडेल र करण श्रेष्ठ रहेका छन् । यस्तै संघको केन्द्रिय कार्यसमितीको बैठकले निर्देशक केशव भट्टराईलाई नेपाल चलचित्र निर्माता संघको बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपमा मनोनयन गरेको छ । त्यसैगरी बैठकले निर्देशक बिकासराज आचार्य र निश्चल बस्नेतलाई संघको सदस्यमा मनोनित गरेको छ ।

No comments

प्रचण्डको टिप्पणीः बाबुराममा ज्ञान छ, बुद्धि छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईलाई पनि माओवादीमा फर्किन आग्रह गरेका छन् । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरुलाई पार्टीमा स्वागत ...