रेखा थापा भईन् राप्रपाको सह–महामन्त्री

चलचित्र र राजनितीमा सक्रिय नायिका एवं नेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सह–महामन्त्रीमा मनोनित भएकी छिन् । पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी उनलाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा फुटेपछि उनी कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)मा लागेकी थिईन् । नायिका थापाले अब कहाँबाट चुनाव लड्ने भन्ने बारे भने टुंगो लागेको छैन । प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको बताइन्छ ।

रसुवामा राखिएको बम सेनाद्धारा निश्क्रिय

रसुवा मंसिर ४, रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरेपौवास्थित चौतारोमा भेटिएको सुतली बम निस्कृय पारिएको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली ...