हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु, आज कागतिहार मनाइँदै

रसुवा असोज ३१, हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाउने गरिन्छ ।
आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागलाई यमराजको अत्यन्त प्रीय भक्त मान्ने गरिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।
आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

गायक उदितनारायण झा जन्मस्थल भारदहमा

राजविराज, १७ फागुन झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुग्नुुभएको छ । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ ...