रसुवागढी जलविद्युतको ४० प्रतिशत काम सम्पन्न

रसुवा असोज ३१,गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको ४० प्रतिशत काम सकिएको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ।
आयोजनाका अनुसार सुरूङ खन्ने काम ४८ प्रतिशत सकिएको र भूमिगत विद्युतगृहको खन्ने काम ९० प्रतिशत सम्पन्न भएको छ । ४ हजार दुई सय मिटर मुख्य सुरूङमध्ये एक हजार नौँ सय ९० मिटर सुरुङ खनि सकिएको छ । त्यसैगरी, भूमिगत विद्युतगृहको खन्ने काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख छबी गैरेले बताउनुभयो ।
२०१९ डिसेम्बरसम्ममा तीन ओटै युनिटबाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादन भएको विद्युत ‘राष्ट्रिय प्रशारण लाइन’मा जोड्नका लागि कार्य अगाडी बढेको छ । १११ मेगावट क्षमताको उक्त आयोजना चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले निर्माण गरिरहेको छ ।
आयोजनाका अनुसार विद्युतगृहदेखि चिलिमे हबसम्म प्रशारण लाइन विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजना प्रमुख गैरेले भने, “१० किलोमिटर प्रशारण लाइन विस्तारका लागि मुडबरी एण्ड जेसी कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढेको छ ।” आयोजनाबाट उत्पादन भएको १३२ केभि विद्युत प्रशारण लाइनमा जोडिने छ ।
टिमुरेको तातोपानीदेखि गोल्जुङबेंसीसम्म लाइन विस्तार गरी सान्जेन कम्पनीले उत्पादन गरेको विद्युत आयोजनाले चिलिमे हबमा जोड्ने र त्यसपछि प्राधिकरणले थाम्बुचेत–गतलाङ–ग्रे–हाकु हुँदै गोगने–मैलुङ–त्रिशूलीसम्मको राष्ट्रिय प्रसारण लाइन बनाउनुपर्ने सम्झौता रहेको आयोजना प्रमुख गैरेले बताए । यो आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सबा करोड आम्दानी हुनेछ ।
आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, सर्बसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत लगानी रहने जनाइएको छ ।

राप्रपा सरकारबाट बाहिरियो

काठमाडौं, वैशाख १८ – राप्रपा सरकारबाट बाहिरिएको छ । सोमबार बिहान र बेलुकी गरेर दुईपटक बसेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय ...