प्रदर्शनमा नआउँदै ‘फाटेको जुत्ता’ले कमायो यति लाख

कार्तिक १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’ले प्रदर्शनमा नआउँदै गतिलो रकम हातपारेको छ । बिदेशमा प्रदर्शनको अधिकार बेचेपछि चलचित्रले एकदमै राम्रो रकम हातपारेको छ । नेपाल बाहेक अन्य ६ देशहरु अस्ट्रेलिया, जापान, क्यानडा, हङकङ, जर्मनीमा प्रदर्शनमा आउने छ ।

बिदेशको पूर्ण अधिकारको लागि चलचित्र ४५ लाखमा बिक्री गरिएको हो । निकेश खड्काको निर्देशनमा बनेको यो चलत्रिचलाई चपली हाईटका निर्माता अर्जुन कुमारले निर्माण गर्ने भएका छन् । चलचित्रलाई विदेशमा पनि सकेसम्म कार्तिक वा त्यसो नभए मंसिको पहिलो सातामा नै प्रदर्शन गर्ने तयारी भईरहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रका दुई गीत र ट्रेलरलाई दर्शकहरुले रुचाएका छन् ।