तिहारमा नुवाकोट संगीतमय हुने,स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरले प्रस्तुति दिने

रसुवा कार्तिक १, नुवाकोटमा तिहार संगीतमय हुने भएको छ । तुप्चे यूवा क्लवले नुवाकोटमा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुलाई भित्राएरे तिहारलाई संगीतमय गर्ने जनाएको छ ।
तुप्चे यूवा क्लवद्वारा आयोजित आश्विन ३१ गते रामजी खाँड, राधिका हमा, शर्मिला गुरुङ्ग, सरु गौतम लगायत नेपाल आइडलका टप ८ उल्सन श्रेठ तथा नेपाली तारा प्रताप लामा कलाकारको प्रस्तुती रहनेछ ।
बट्टार यूवा क्लवद्वारा आयोजित कार्यक्रम आश्विन १ गतेको दिन नेपाली पपस्टार गायक दिपक बज्राचार्य र स्थानिय कलाकारहरुको प्रस्तुति रहने बादल श्रेष्ठले बताए ।
आश्विन २ गते विदुर सिटी युथ क्लवद्वारा आयोजित “नुवाकोट झिलिमिली साँझ” मा कमल खत्री, कार्टूनज् क्रेउ, स्थानिय कलाकारहरु मदन थापा, हरिजंग पाण्डे, उशनमान श्रेष्ठ, शैलेष शाही आदि कलाकारहरुको प्रस्तुति रहने क्लबका उपाध्यक्ष सुनील श्रेष्ठले बताए ।
त्यसै गरी आश्विन ३ गते जालपा फ्रेसको प्रस्तुती, ग्यालेक्सी इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हेमन्त राणा, अर्जुन कुमार र डाइनामिक्स ब्याण्डले प्रस्तुती दिने भएको छ ।

नगरको नक्सापास रोकियो

नुवाकोटको तीन दशक पुरानो विदुर नगरपालिकामा कार्यकारी अधिकृत कार्यालयमा नहुंदा भुकम्प पीडितको नक्सापासलगायतका कार्य रोकिएको छ । सर्वसाधारण मर्कामा परेका छन् । विदुर नगरपालिकामा कार्यकारी ...