६ सिटको लागि नुवाकोटमा चार पुर्वमन्त्रिसहित ५७ जनाको उम्मेद्धवारी

नुवाकोट कार्तिक ६, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि नुवाकोटमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । नुवाकोटको क्षेत्र नं. १ बाट एमाले माओवादी गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङ र नेपाली कांग्रेसबाट डा. रामशरण महतको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै क्षेत्र नं. २ बाट एमाले माओवादी गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ भने कांग्रेसबाट अर्जुननरसिंह केसीको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नं. १ को प्रदेश क मा बाम गठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ र कांग्रेसबाट महेन्द्र थिङको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ को प्रदेश ख मा गठबन्धनबाट एमालेका बद्री मैनालीको मनोनयन दर्ता भएको छ भने नेपाली कांग्रेसका रमेश महतको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाको क्षेत्र नं. २ को प्रदेश क मा वाम गठबन्धनबाट एमालेका केशव पाण्डेको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीको उम्मेदवारी परेकोछ । सोही क्षेत्रको प्रदेश ख मा गठबन्धनबाट माओवादीबाट हिरानाथ खतिवडा र कांग्रेसका जगतबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, नेकपा मालेबाट दिलबहादुर पुडासैनी, नयाँशक्तिबाट धर्मबहादुर गुरुङ, नेपाल जनलोकतान्त्रिकबाट नारायण पौडेल एकीकृत राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मीश्रेष्ठ, देशभक्त जनलोकतान्त्रिक पार्टीबाट लक्ष्मी मुडभरीको उम्मेदवारी परेको छ । ठूला राजनीतिक दलसहित नयाँ शक्ति नेपाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी लगायतका दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको लागि राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरुले संविधानको कार्यान्वयन, नुवाकोटको आर्थिक विकास, समृद्धि र विकास निर्माणलाई प्राथमिकतामा राखेर मतदाताका माझमा पुग्ने बताएका छन् ।

आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

रसुवा मंसिर ८,मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी मतदातालाई आज र भोलि परिचयपत्र वितरण गरिने भएको छ । निर्वाचन आयोगकका प्रवक्ता नवराज ...