काठमाण्डौ कार्तिक ६, सरकारले तीन सचिवको आज सरुवा गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा गरेको छ भने अर्थमा शंकर अधिकारी गएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्दै तीन सचिवको सरुवा गरेको हो ।
रेग्मी मुख्य सचिव भएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका छन् । उनी सामान्य प्रशासनमा थिए । मुख्य सचिवको दौडमा एक नम्बर बरियतामा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको सरुवा भएको छ ।
गृह सचिव भएका सापकोटा र अर्थमा आएका अधिकारी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निकटस्थ मानिन्छन् । सरकारका एक मन्त्रीले मुख्य सचिव र सचिवहरुको सरुवामा आरजु हावी भएको गुनासो गरे ।