रसुवामा जर्नादन ढकालको उम्मेदवारीसँगै थपियो बाम गठवन्धनको जनलहर

रसुवा कार्तिक ७, आगामी मंसिर १० मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा बाम गठबन्धनले विकासप्रेमी तथा लोकप्रिय व्यक्तित्व जर्नादन ढकाललाई प्रतिनिधि सभा सदस्यको उमेदवारका रूपमा टिकट दिएसँगै रसुवा जिल्लामा बाम गठबन्धनको पक्षमा माहोल चुलिएको छ ।

ढकालको उम्मेदवारीसँगै रसुवाका स्थाीयहरुमा उत्साहा छाएको नेता तथा कार्यकताएहरुले बताएका छन ।
ढकालले आफ्नो सिप र अनुभवका आधारमा रसुवा जिल्लालाई समृद्धिको बाटोमा लैजान स्पष्ट तयार पारेको बताउनुभएको छ । रसुवामा नेकपा एमाले र माओवादि पार्टीबीचको गठबन्धनसँगै बाम गठबन्धन जितको एक कदम अघि बढेको छ ।

रसुवा जिल्लाले फेरि पटक एउटा बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको छ । गत स्थानिय तहमा सबैभन्दा धेरै गाउँपालिका तथा वडामा विजयी हुन सफल नेकपा एमाले माओवादि केन्द्र पनि आफनो गठबन्धनमा आएसँगै निकै औसिएको छ । रसुवाको पाँच वटा गाउँपालिका मध्ये गत स्थानीय निर्वाचनमा एमालेले २ स्थानमा निजयी हासिल गरेको थियो ।

दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु

२८ वैशाख, चौतारा । स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ...