गुरु न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलाममा आयो, कति पैसामा किन्ने ?

ईन्साईडर ट्रेडिड. गरेको प्रमाणित भएपछि राष्ट्र बैंकको निर्देशनमा जनता बैंक(JBNL)ले जफत गरेको गुरुप्रसाद न्यौपानेको ८५ हजार कित्ता साधारण सेयर लिलामीमा आएको छ ।

जनता बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी ८५ हजार एक कित्ता साधारण सेयर कात्तिक १५ देखि २१ गतेसम्म काठमाडौ क्यापिटल मार्फत लिलाम खोलिएको जनाएको छ । जनता बैंकको सेयर मूल्य अहिले दोस्रो बजारमा प्रतिकित्ता २५० रुपैयाँ हाराहारीमा रहेकाले त्यो भन्दा तलको मूल्य कबुल्दा फाईदा हुनसक्छ र उसले दिने साढे १४ प्रतिशत बोनस पनि प्राप्त हुने अबसर छ ।

गुरुप्रसाद न्यौपाने जनता बैंकको संचालक हुँदा माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौता हुने छलफल चल्दाचल्दै भित्री सूचनाको आधारमा उनले दो्स्रो बजारबाट आफ्नी देबी सुमित्रादेवी न्यौपाने, अन्य आफन्त र आफु सम्बद्ध कम्पनीको नाममा साधारण सेयर उठाएका थिए । न्यौपानेले ब्रोकर नम्बर ४८ लगायतका सेयर दलालमार्फत त्यो बेला तीन लाख कित्ता भन्दा बढी जनता बैंकको सेयर किनेर ईन्साईडर ट्रेडिड. गरेको भए पनि अरु सेयर जफत हुनबाट बचेको छ । गुरुले आफ्नी श्रीमति सुमित्रादेबीको नाममा किनेको सेयरको ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस समेतको हिसाब ८५ हजार एक कित्ता हो ।

गुरुले ईन्साईडर ट्रेडिड. गरेको उजुरी राष्ट्र बैंकमा परेपछि उनले पहिलेको मिति राखेर संचालक समितिबाट हठात राजीनामा गरी बैंक छाडेका थिए तर अपराध लुक्न सकेन । उनी जनता बैंकका संस्थापक अध्यक्ष समेत हुन । माछापुच्छ्रे बैंकमा जनता बैंक गाभिएपछि सेयर मूल्य बढेर धेरै फाईदा हुनुका साथै आफ्नो स्वामित्व समेत बढी हुने ठानेर उनले नियम विपरित दोस्रो बजारबाट सेयर किनेका थिए । बैंकका संचालकले दोस्रो बजारबाट आफ्नै कम्पनीको सेयर किनबेच गर्न नपाउने कडा प्रतिबन्ध छ । जनता बैंकको संस्थागत सुशासनमा समस्या देखिएपछि माछापुच्छ्रे्रले एकतर्फी रुपमा जनतासँगको मर्ज तोडेको थियो ।

गुरुको ईन्साईडर ट्रेडिड.को अपराध प्रमाािणत भएर सार्वजनिक सूचना जारी भए पनि ईन्साईडर ट्रेडिड. गर्नेलाई कारबाही गर्छु भनेर बेला न कुबेलामा हल्ला गरी सर्बसाधारण लगानीकर्तालाई आतंकित पार्ने धितोपत्र बोर्ड भने मौन बस्नु रहस्यमय छ । धितोपत्र कानुनमा इृन्साईडर ट्रेडिड. गर्नेलाई एक बर्षसम्म कैद वा बिगो बराबरको सजाय वा दुबै सजाय हुने उल्लेख छ ।

भूकम्प आउँदा केही सभासद भागे

२६ साउन – संविधानसभाको बैठक चलिरहेकै बेला भूकम्पको धक्का महशुस भएपछि केही सभासदहरुको भागभाग भएको छ । तर, छोटो धक्का रोकिनासाथ धेरै सभासदले आफ्नो कुर्सी ...