साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा गर्नेलाई यस्तो सजाय हुन्छ (भिडियो)

राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदीको कानुन इस्लामिक धार्मिक कानुन सारियामा आधारित छ ।

सारिया अति कट्टर र कठोर कानुन मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदीमा कडा दण्ड दिइन्छ । त्यसैले कामदारका रुपमा साउदी जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ ।

कमाई धेरै नभए पनि साउदी अरव नेपाली कामदारको तेश्रो ठूलो गन्तव्य हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पाँच लाख भन्दा धेरै नेपाली कामदार श्रमस्वीकृति लिएर साउदी पुगेका छन् । त्यहाँ ८० हजार भन्दा धेरै नेपाली महिला कार्यरत छन् ।

बिहीवार र शुक्रवार साउदी पुग्ने गरी नजानु राम्रो हुन्छ । शुक्रवार सार्वजनिक बिदा हुने साउदीमा बिहीबार पनि सामान्यतया नेपालबाट आउने कामदारलाई लिन जाने चलन छैन । त्यसैले बिहीवार वा शुक्रवार पुग्ने कामदार एकदुई दिन एयरपोर्टमै अलपत्र पर्छन् । साउदीमा चुरोट, सूर्ती, बिँडी जस्ता सूर्तिजन्य सामान लैजान प्रतिबन्ध छ । त्यसबाहेक साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा उल्लंघन गर्नेलाई कडा सजाय हुन्छ ।

भारतले सौर्य उर्जाबाट १०० गिगावाट विद्युत उत्पादन गर्ने

आइतबार, २७ फागुन २०७४,  नयाँदिल्ली – भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा ...