फाटेको जुत्ता लाएर आउनेले गोल्डस्टार जुत्ता पाउने

कार्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’लाई नेपाली ब्राण्डको जुत्ता कम्पनी ‘गोल्डस्टार’को साथ मिलेको छ । चलचित्र प्रदर्शनको मिती नजिकिएसँगै चलचित्रलाई ‘गोल्डस्टार’ को साथ मिलेको हो । चलचित्रले केहि साताअघि सामाजिक सञ्जालमार्फत सुरु गरेको प्रचारप्रसार अभियानमा २ सय ५० जनाको फाटेको जुत्ता लिएर नयाँ जुत्ता दिने भनिएको थियो ।

तर अब उक्त नयाँ जुत्ता अरु कुनै ब्राण्डको नभएर गोल्डस्टार हुने चलचित्रका निर्माता अर्जुन कुमारले बताए । यसका साथै पहिला २ सय ५० जनालाई नयाँ जुत्ता दिने भनिएको भएता पनि कार्तिक ११ गते राजधानीको सिभिल मलमा फाटेको जुत्ता लगाएर आउने सबैलाई नयाँ गोल्डस्टार जुत्ता दिने भएको हो ।

चलचित्रका निर्माता अर्जुन कुमारले आफ्नो फेसबुकमा एक तस्विर पोस्ट गर्दै कार्तिक ११ मा सिभिल मलमा भटौँ हैँ भनेका छन् । अर्जुनले पोस्ट गरेको फोटोमा ‘फाटेको जुत्ता लगाएर आउनुहोस्, नयाँ गोल्डस्टार जुत्ता लगाएर जानुहोस्’ भनिएको छ । सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भुमिका रहेको चलचित्रलाई निकेश खड्का निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र प्रियंकाको अलावा, रविन्द्र झा, अनुज पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

पेरिसमा पुलिस अपरेशन

२ मंसिर- फ्रान्सको राजधानी पेरिसको उपनगर सेन्ट डेनिसस्थित एक फ्लाटमा प्रहरी अपरेशन जारी छ ।प्रहरी कारबाहीमा तीन जनाको मृत्यु भएको खबर छ । तर, तेस्रो ...