केरुङबाट कारोबार सुरु

रसुवा, १० कात्तिक । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको हत्या गर्ने मनसायले सोमबार बम प्रहार भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।एक विज्ञप्ति जारी ...