बाम गठबन्धनको शिवपुरीको बैठक सम्पन्न

नुवाकोट कार्तिक ११,नेकपा एमाले र माओवादी केन्द्रको शिवपुरी गाउँपालिकाको संयुत्त बैठक तथा प्रदेशका पुर्व मन्त्री तथा क्षेत्र नं १का हितवहादुरको अथित्यमा सम्पन्न भएको छ ।
उत्त बैठक शिवपुरी गाउँपालिकाको शिवपुरी गाउँपालिका संयोजक उज्वल खड्काको सभापत्तित्वमा सम्पन्न भएको थियो भने बैठक संचालन नेकपा माओवादीका केन्द्रका शिवपुरी संयोजक शिव खातीले संचालन गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य विमला सुवेदी तोयानाथ थपलिया र गणेश उफ्रेति लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बाम गठबन्धनका क्षेत्र नं १ का उम्म्ेदवार तथा पुर्व मन्त्रि समेत रहनुभएका हितवहादुर तामाङले वाम गठबन्धनको जित सुनिनिश्चत भएको भन्दै नुवाकोटको विकास र संवद्धि बाम गठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो । साथै तामाङले बामपन्थी उम्मेदवारलाई विजय गराउन सबै कार्यकर्ताहरुलाई एक ढिक्का भएर लाग्न समेत आग्रह गर्नुभयो ।
यसैबचि नुवाकोटको मेघाङ गाउँपालिका अन्र्तगत बर्रस्नुचेतमा एमालेको चुनावि अभियान शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमममा बोल्दै एमाले क्षेत्र नं २ का उम्म्ेदवार नारायण खतिवडाले नुवाकोटको विकास गर्न बाम गठबन्धनले मात्र गर्न सक्ने भन्दै निर्वाचनमा बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशभा २ का उम्मेदवार हिरानाथ खतिवडा, एमाले जिल्ल कमिटि सदस्य यमकुमार खाती लगाएतको उपस्थिति रहेको थियो ।

नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द

रत्ननगर, चितवन, २५ कात्तिक (रासस) ः चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिक सडक ...