रसुवा कार्तिक ११, मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको लागि दलहरु उम्मेदवार छनोट प्रक्रियामा लागेका छन् ।
पहिलो चरणको चुनावको लागि उम्मेदवारको सबै प्रक्रिया सकिएपछि दलहरु दोस्रो चरणको लागि उम्मेदवार छनोटको प्रक्रियामा लागेका हुन् । एमाले र माओवादी सम्बद्ध गठबन्धनले दोस्रो चरणको लागि हिजोसम्म एकसय ७ निर्वाचन क्षेत्रको लागि उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएका छन् । आज बस्ने गठबन्धनको कार्यदलको बैठकले बाँकी उम्मेदवार तथा निर्वाचन क्षेत्रको टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
यस्तै प्रतिनिधि र प्रदेशसभाको टिकट वितरणको टुंगो लगाउन कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ । हिजो बसेको संसदिय समितिको बैठकले केही शिर्ष नेताहरुको निर्वाचन क्षेत्रको टुङ्गो लगाएको छ भने आज बस्ने बैठकले बाँकी क्षेत्र तथा नेताहरुको टुङ्गो लगाउने काग्रेस नेताहरुले बताएका छन् । यस्तै अरु दलले पनि दोस्रो चरणको लागि उम्मेदवारको टुङ्गो लगाउन बैठक तथा छलफलमा व्यस्त छन् । दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनको लागि यहि कात्र्तिक १६ गते मनोनयन दर्ताको निर्वाचन कार्यतालिका छ । 