शनिबार साँझ परेको असिना पानीले रसुवा,नुवाकोट र धादिङमा धान बालिमा क्षति, कृषकहरु मर्कामा

रसुवा कार्तिक ११, शनिबार साँझ नुवाकोट,रुसवा र धादिङमा परेको असिना पानीले काट्ने बेला भएको धानबालीलाई क्षति पुर्याएको छ । शनिबार राति हावाहुरी र पानीसँग परेको असिनले गर्दा नुवाकोटको सामरी, तुप्चे । दप्चेश्वर,लिख,विदुर नगरपालिका, किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका लगाएतका विभिन्न गाउँमा धानबाली नष्ट भएको छ ।

धान काट्ने बेला असिना परेर खेतमै धान झरेको किसानहरुले बताएका छन । लिखुका किसान यदुकुमार ढकालले धान सबै काटी नसकेकोले असिनाले गर्दा सखाप भएको किसानले बताउनुभएको छ । ढकालले काट्ने बेला भएको धानबारीमा असिना परेपछि किसान मर्कामा परेको बताउनुभयो । यसैबिच शनिबार साँझ परेको असनिाको क्षति संकलनको वृस्तीत विवरण बुझ्न जिल्ला कुषि कार्यलयको टोलि बिहानै दे
यसैबिच असिना पानी परेसँगै आइतबार बिहानको न्यूनतम तापक्रम घटेको छ । शनिबार बिहान १३ दशमलव ६ डिग्री सेल्सियस रहेको नुवाकोटको आइतबार बिहानको तापक्रम १० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको २४ घण्टामा उपत्यकामा २६ मिलमिटर पानी परेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । पूर्वी नेपालको उच्च वायुमण्डलमा बनेको न्यूनचापिय क्षेत्रसँगै पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको उहाँले बताउनुभयो । विशेषगरी पूर्व र मध्य क्षेत्रमा पानी परेको हो ।
आइतबार पनि दिउँसोपछि केही ठाउँमा मेघगर्जसहित पानी पर्ने मौसमविद श्रेष्ठको अनुमान छ । उहाँका अनुसार विशेषरी पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्नेछ ।
मध्य क्षेत्रमा आइतबार बेलुकादेखि र पूर्वमा सोमबारदेखि मौसममा सुधार आउँने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताउनुभयो । आइतबार मध्य क्षेत्रमा आशिंक बदली भएपनि पूर्वको मौसम खुल्ने संभावना नभएको उहाँले बताउनुभयो ।

भ्रष्टाचार गरेको आरोपमा मालपोतका ६ कर्मचारी विरुद्ध मुद्दा दर्ता

१३ बैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छली गरेको आरोपमा काठमाडौ मालपोत कार्यालयका ६ जना कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ...