धादिङमा असिना पानीले बाली नष्ट

धादिङ कार्तिक १२, असिना पानीले धादिङको उत्तरी क्षेत्रका विभिन्न ठाउँमा लगाएका वालीनालीहरु नष्ट गरेको छ ।लगातार २ घण्टा १० मिनेट झरेको असिनाले नेत्रावती गाउँपालिका कटुञ्जे मार्पाक लगायतका क्षेत्रमा लगाईएका धान मकै कोदो लगाएतका वालिमा नष्ट गरेको सेम्जोङ गौरुटोलकी गिता तामाङले वताईन् ।

असिनाले धुवाँकोटको अम्वोटे गहते लगायतका भुभागमा ८० प्रतिशत क्षेत्रि पुगेको स्थानियले् बताए । नेत्रावती गाँउपालिका अध्यक्ष दुर्गा नारायण शाक्य केही छिनको असिनाले किसानको खुशी लुट्यो । नेत्रावती गाँउपालिकाको २ हजार परिवार असिना पिडित भएकाछन् । असिनाले क्षति पु¥याए क्षेत्रमा स्थलगत अवलोकन गर्न हिडेको छु ।

असिनाले ७ करोड भन्दा बढीको क्षति पु¥याएको अनुमान गरिएको छ । केही दिनमा तथ्यांक संकलन गरेर केन्द्रीय सरकार समक्ष डेलिकेशन जान्छौ अध्यक्ष शाक्यले बताए । क्षतिको तथ्यांक संकलन गर्न कृषि प्राविधिकहरु फिल्डमा खटिसकेका छन् । क्षतिको तथ्यांक आएपछि मन्त्रलायमा पठाँउछौ वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले भने । गत वर्ष धानमा क्षति हुँदा पनि तथ्यांक पठाएका थियौ । किसानहरुलाई नगदमा राहत बाढ्न सफल भयौ मन्त्रालयमा वरिष्ठ कृषि विकास अधिकृत देवकोटाले भने ।

गोल्डेनगेट र आर्मीको जित

काठमाडौं – गोल्डेनगेट इन्टरनेसनल कलेज र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबलमा मंगलबार जित निकालेका छन्। शंकरदेव क्याम्पसको कोर्टमा भएको ...