वाम गठबन्धनलाई जिताउन चार टे«ड युनियनको साझा प्रतिबद्धता

काठमाडौँ, १५ कात्तिक (रासस) ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका दललाई विजयी गराउन चार वटा पेशागत महासंघले आफूहरुको साझा प्रतिबद्धतालाई सार्वजनिक गरेका छन् ।

पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका संयोजक दयाराम बस्याल, नेपाल ट्रेड युनियन फेडरेशनका अध्यक्ष गंगाराम खड्गी र अखिल नेपाल टे«ड युनियन महासंघका कार्यालय सचिव पुरुषोत्तम कार्कीले आज संयुुक्तरुपमा साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर १० र २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका दललाई विजयी गराउन महासंघअन्तर्गतका सबै राष्ट्रिय संघ, प्रतिष्ठान र सदस्यलाई परिचालन गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन् ।

त्यसैगरी, समाजवाद पक्षधर वामपन्थी पार्टीबीच एकता र सहकार्यको आवश्यकतालाई मनन गर्दै उपयुक्त वातावरण बनाउन आवश्यक वैचारिक र सांगठनिक छलफललाई अभियानका रुपमा लैजाने उनीहरुको प्रतिबद्धता छ ।

निर्वाचनमा खटिएका करिब छ लाख राष्ट्रसेवकको मताधिकार खोसिएकामा खेद प्रकट गर्दै उनीहरुले राष्ट्रसेवकको मताधिकार बहाल गर्न र विदेशमा श्रम गर्न बाध्य ६० लाख नेपाली श्रमिक मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।

पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले निर्वाचनको समयमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान बचाउने उद्देश्य बोकेको वाम गठबन्धनलाई विजयी गराउन टे«ड युनियन एक भएर लाग्ने बताउनुभयो ।

रसुवागढी सिमा क्षेत्रमा “प्रोएक्टिभ पुलिसिङ” को माध्यमबाट अपराध न्यूनीकरण गरिने ।

२० चैत, रसुवा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै रसुवागढी  सिमा क्षेत्रमा “प्रोएक्टिभ पुलिसिङ” को माध्यमबाट अपराध न्यूनीकरण गर्ने रणनीति अन्तर्गत रसुवाको सिमा प्रहरी चौकी ...