चीनबाट १ लाख ३७ हजार थान निर्वाचन साम्रगी आयात

रसुवा , कात्तिक १५ – आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि चीनबाट निर्वाचन सामग्री आउन थालेको छ ।
पहिलो चरणमा मसी, रबर म्याट र छेकाबार ल्याइएको छ । रसुवागढी भन्सार कार्यालयका अनुसार चीनबाट निर्वाचन सामग्री बोकेर पाँच वटा कन्टेनर नेपाल आएका छन् ।

चुनावका लागि ३५ हजार मसी, ३० हजार छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टेर बुधबार नै काठमाडौं पठाइएको छ । रसुवागढी नाका हुँदै आएको उक्त सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कटिङमा निर्वाचन आयोग लगिएको छ ।
यो पटकको निर्वाचन सामग्री ग्लोबल लोजेष्टिक कम्पनीले आयात गर्ने छ । कम्पनीका महाप्रबन्धक प्रदिप बस्नेतका अनुसार केरूङमा पाँच वटा कन्टेनरमा सेक्युरिटी शिल, मसी, छेकाबार, स्ट्याम म्याट लगायतका अन्य सामग्री लोड भैरहेको छ ।
निर्वाचन सामग्री ल्याउनका लागि १० ओटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनरको पनि प्रयोग हुने महाप्रबन्धक बस्नेतले बताउनुभयो । आउन बाँकी रहेका सामग्री केही दिनमा नै नेपाल ल्याइने बताइएको छ ।

प्रधानमन्त्रीले भने, अब घरजग्गा धितोमा होइन आयोजना जमानीमा ऋण दिइन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा घरजग्गा भन्दा पनि आयोजना जमानीमा कर्जा दिइने बताएका छन् । ‘हामीले कसको जग्गा जमिन कति छ भनेर ...