वरिष्ठ नेता पौडेलद्वारा तनहुँ १ बाट उम्मेदवारी

दमौली, तनहुँ, १७ कात्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बाजागाजासहित उहाँ उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । राष्ट्रिय समृद्धि र राजनीतिक स्थिरता कायम गर्न आपूmले उम्मेदवारी दिएको पौडेलले बताउनुभयो । यसैबीच कांग्रेसबाट तनहुँ–१, प्रदेश क मा गोविन्द भट्टराई र प्रदेश ख मा रघुनाथ पौडेल तथा तनहुँ–२ मा प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा प्रदेश क मा केन्द्रीय सदस्य प्रदीप पौडेल र प्रदेश ख मा ध्रुव वाग्लेले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

त्यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनतर्फबाट प्रतिनिधिसभाका लागि तनहुँ – १ मा कृष्णकुमार श्रेष्ठ र प्रदेश क मा रामबहादुर गुरुङ तथा प्रदेश ख मा हरिबहादुर चुमानले मनोनयनपत्र दर्ता गराउनुभएको छ । तनहुँ – २ मा गठबन्धनबाट प्रतिनिधिसभाका लागि केदार सिग्देल तथा प्रदेश क मा आशा कोइराला र प्रदेश ख मा किरण गुरुङले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै एमाले नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरमलगायत राजनीतिक पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएको बताइएको छ । यसैबिच कांग्रेसका नेता गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा तनहुँ – १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले ‘कांग्रेस बिपीको आदर्श र सिद्धान्तविपरीत हिँडेकाले’ आपूmले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो ।

वीर अस्पतालमा कड्किए स्वास्थ्यमन्त्रीः यो जागिर खान आउने ठाउँ होइन

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ मागेका छन् ...