थप एकको शव फेला

मलेखु, धादिङ, १७ कात्तिक (रासस) ः गत शनिबार बिहान गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा हराइरहेकामध्ये एक जनाको शव आज फेला परेको छ ।

घाटबेंसीस्थित त्रिशूली नदीमा सप्तरीका अभिनन्दन चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । सो दुर्घटनामा ३२ जनाको शव फेला परेको थियो भने १६ जना घाइते भएका थिए । दुर्घटनामा तीन जना हराइरहेका थिए । सप्तरी, राजविराजबाट काठमाडौंँका लागि छुटेको ना ६ ख १४६७ नंको यात्रु बस गत शनिबार नदीमा खसेर दुर्घटना भएको थियो । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । यसअघि ३२ जनाको शव फेला परिसकेको छ ।

राष्ट्रियतालाई बहसको विषय नबनाऔंः बाबुराम

२७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा ...