​मेगा बैंक छाडेर सेन्चुरी बैंकको सिइओ बने अनिल शाह

काठमाडौं, कात्तिक १७ – सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ नियुक्त गरेको छ ।

सेञ्चुरीको सञ्चालक समितिको हिजो बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरेर शाहलाई सिइओ नियुक्त गरिएको हो । अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंक सिइओको खोजीमा थियो । सेञ्जुरीको नयाँ सिइओ बनेका शाह यसअघि मेगा बैंकको सिइओ हुनुहुन्थ्यो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना बाँकी छँदा शाह सेञ्चुरीमा पुग्नु भएको हो ।

बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसक्नु भएको छ ।