१७ वटा गीतपछि छानिएको थियोे ‘चरी चट्ट परी’

काठमाडौं, कात्तिक २० – ‘कान्छी ‘सिनेमाको गीत यति बेला युट्युबको नेपाली संस्करणको ट्रेण्डिङको नम्बर एकमा छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि सिनेमा क्षेत्रमा फर्कने वा नफर्कने भन्ने चर्चापछि नायिका स्वेता खड्काले ‘कान्छी’ मार्फत सिनेमा क्षेत्रमा कमब्याक गरेकी हुन् । श्वेताको निर्माण अनि आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ माघ २६ गते देखि प्रदर्शनमा आउँदैछ ।

झण्डै ३ वर्षको अन्तरालपछि श्वेताको कमब्याक भएपछि दर्शकहरु उत्साहित र खुशी भएका छन् । सायद यही खुशीको कारण हुन सक्छ श्वेताको ‘कान्छी’मा समावेश यस गीतलाई धेरै भन्दा धेरै दर्शकको साथ मिलिरहेको छ । यो गीतलाई यो समाचार तयार पार्दासम्म ९ लाखभन्दा धेरै पटक हेरिएको छ ।

राजनराज सिवाकोटीको शब्द संगीत र स्वर रहेको यस गीतमा अन्जु पन्तको पनि आवाज छ । ‘कान्छी’को ‘चरी चट्ट परी’ को सफलतासँगै श्वेता खड्कासँगे आजको गफगाफमा गरिएको कुराकानी :
‘चरी चट्ट परी’ को प्रतिक्रिया कस्तो छ ?
मैले सोचेकै थिइन यस्तो माया र साथ पाउँछु भनेर । मलाई सबैले माया गर्नु भएको छ । त्यही मायाले गर्दा नै होला सबैले मलाई कमेन्टमा तारिफ गर्नु भएको छ । झन राम्री देखिनु भएको छ । कति राम्रो नाच्नु भएको भन्ने खालको टिप्पणी गरेर मलाई फुर्काउनु भएको छ । सकारात्मक प्रतिक्रियाले म हौसिएको छु ।

दर्शकको यति धेरै माया पाउछु भन्ने सोँच्नु भएको थियो ?
अलिअलि सोचेको थिएँ तर यति धेरै माया पाउँछु भन्ने लागेको थिएन । सबैले मेरो कामलाई साथ दिँदै मलाई हौसाउनु भएको छ ।
गीतलाई दर्शकले एक किसिमले मन पराई सक्नु भएको छ । के थियो यो गीत छनौट गर्दाको कहानी ?
गीत त हामीले धेरै दुःख गरेर छान्यौँ नि । हामीले ‘चरी चट्ट परी’ सम्म आइपुग्दा १६ देखि १७ वटा गीत सुन्यौँ होला राजनराज सिवाकोटीजीकै । बजारमा अहिले सुनिरहेको गीतहरु पनि हामीलाई राजनजीले सुनाउनु भएको थियो । यो पनि भएन, त्यो पनि भएन भन्यौँ । अन्त्यमा ‘चरी चट्ट परि’ नै मन पर्यो ।

के कुराले मन पर्यो र यो गीत चाहिँ ? खास के छ यो गीतमा ?
गीतले सबै भन्दा ठूलो मेरो मन छोयो । शब्द रचना, कम्पोज, संगीत, स्वर सबै राम्रो लागेको छ । यो गीत सुनाउँदा राजनराजजीले हार्मोनियममा सुनाउनु भएको थियो । गीत हामीलाई सुन्ने बित्तिकै मन पर्यो । अर्को कुरा यस गीतको शब्द हाम्रो सिनेमाको कथावस्तुसँग मिल्ने पनि छ । हामीले यस्तो शब्द चाहियो पनि भनेका थिएनौँ । राजनजीले राम्रो शब्द पनि लेख्नु भएछ । यसकारण पनि यो गीत हाम्रो लागि विशेष बन्यो ।
दयाहाङ राईसँगको केमेष्ट्री जमाउन चाहिँ कत्तिको अप्ठ्यारो वा सजिलो भयो ?

सुरुमा त गाह्रो भो नीमलाई । मैले ३ वर्षको ग्यापपछि सिनेमा गर्दै थिएँ । दयाहाङ दाईसँग आफ्नो केमेष्ट्री जमाउनको लागि म अलि बढी सजग भएको थिएँ । तर पछि सुटिङमा गए पछि आफै सहज भयो ।
हामीले सुन अनुसार दयाहाङ राई त नाच्न खासै रुचाउनु हुन्न । उहाँलाई कसरी मनाउनु भयो ?
त्यो त कुरै छाड्नुस् । दाईलाई मैले सिनेमाको प्रस्ताव लिएर जाने बेलैमा उहाँले मलाई सोध्नु भएको थियो, सिनेमामा नाच्नु पर्छ की पर्दैन ? भनेर । हामीले नाच्नु पर्छ नी ! भनेपछि दाई कसरी पो नाँच्ने होला ! भनेर चिन्तित हुनु भएको थियो । पछि सुटिङ स्थलमा पनि नाच्ने पारा नै नआएको भनेर अनेक गरी हँसाउनु हुन्थ्यो । बेलाबेलामा, यो नाच्ने ठाउँ नै खाल्डा खुल्डी रैछ अनि कसरी नाँच्ने भाका आउँथ्यो ? भनेर ठट्टा गर्नु हुन्थ्यो । अन्तत: दाईले साह्रै राम्रो नाँच्नु भयो जुन कुरा भिडियोमा देख्न सकिन्छ । सबैले दया दाईको नाचको तारिफ पनि गर्नुभएको छ । दाईले साँच्चिकै राम्रो नाच्नु भएको छ ।

पहिलो गीतले बजार तताई रहेको बेला ‘कान्छी’लाई लिएर के कस्तो अपेक्षा राख्नु भएको छ ?
दर्शकको साथ र मायाले सकारात्मक उर्जा पाएकी छु । सिनेमामा ४ वटा गीत राखेका छौँ । सबै गीतहरु राम्रो भन्दा राम्रो बनाउने प्रयास गरेका छौँ । सिनेमामा पनि त्यत्तिकै मेहनत गरेका छाै‌ँ । राम्रो बनाउने प्रयास हो हाम्रो । आशा गरेकी छु सिनेमाले दर्शकलाई खुशी दिलाउने छ । माघ २६ गते कान्छी आउँदैछ । सिनेमा हेरेपछि दर्शकको प्रतिक्रिया कस्तो हुन्छ ? भन्ने प्रतिक्षामा बसेकी छु ।

पुस १ गतेबाट ‘गल्छी–त्रिशूली सडक दैनिक ८ घण्टा बन्द हुने

नुवाकोट मंसिर २७, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेकोे ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’सडक आयोजनाको काम तिव्र रुपमा अघि बढाउन सवारी आवागमन नै वन्द गरिने भएको छ । सडक योजनाको ...