भक्तपुरको मनोहरामा ट्याक्सी भित्र शव भेटियो

भत्तपुर कात्तिक २२, भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ ।

रसुवामा राखिएको बम सेनाद्धारा निश्क्रिय

रसुवा मंसिर ४, रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरेपौवास्थित चौतारोमा भेटिएको सुतली बम निस्कृय पारिएको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली ...