नारायणकाजी श्रेष्ठ लडेर घाइते घरदैलो गर्न सकेनन

गोरखा कात्तिक २२, माओवादी केन्द्रका नेता तथा गोरखा प्रतिनिधिसभा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन उनले । घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घरघरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ ।

रसुवाको कालिकास्थानमा स्थानिय शासन, जवाफदेहिता र सुचनाको हक सम्बन्धि तीन दिने तालिम सम्पन्न,,,,,,

पूर्णिमा स्याङबा असार १ रसुवा,समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास कार्यक्रम अन्र्तगत महिला अधिकार मञ्च र युवा सञ्जालका प्रतिनिधिहरुको क्षमता विकासका लागि स्थानिय शासन जवाफदेहिता र ...