लोकतन्त्रका लागि काँग्रेसले जित्नुको विकल्प छैन: उपप्रम गच्छदार

इनरुवा, २३ कात्तिक (रासस) ः नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्नुहुँदै गच्छदारले सो कुरा बताउनुभएको हो । गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताउनुभयो ।

हिन्दु राष्ट्रको माग गर्दै विदुरमा प्रर्दशन ।

भदौ ४, नुवाकोट हिन्दु राष्ट्र बचाउ संयुक्त दवाव अभियान नुवाकोटले हिन्दु राष्ट्रको माग गरी विदुरमा बिहिबार प्रर्दशन गरेको छ । हिन्दुधर्मप्रति आस्था राख्ने विभिन्न संघसंस्थासहितको ...