४ सय जनाको सामुहिक चिहान फेला पर्यो

कार्तिक २६, राससः इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो ।

गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् ।

किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताउनुभयो । इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।

छत्तीसगढमा १५ माओवादीको मृत्यु

२३ मंसिर–भारतको छत्तीसगढमा प्रहरीसँगको झडपमा १५ जना माओवादीको ज्यान गएको छ । छत्तीसगढको सुकमा जिल्लामा प्रहरी र माओवादीबिच झडप भएको हो । झढडमा पाँच जना ...