शिर्ष नेता चुनावीसभामा व्यस्त

रसुवा कार्तिक ३०, प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव आउन १० दिन बाँकी रहँदा प्रमूख दलका शिर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले आज पनि विभिन्न जिल्लाका चुनावीसभालाई सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड चार नम्बर प्रदेशका विभिन्न चुनावीसभालाई सम्बोधन गर्न पश्चिमाञ्चल पुग्नुभएको छ ।

बाम गठबन्धनले आयोजना गरेका चुनावीसभालाई दुवै नेताले संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ । दुई नेतालमे स्याङ्जा, बाग्लुङ र पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले भैरहवामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाराग्वेलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

१६ असार-पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा उपाधिको प्रमुख दाबेदार अर्जेन्टिनाले पाराग्वेलाई ६(१ को शानदार ...