होचा कलाकार दिपेनको निधन

काठमाडौं कात्तिक ३०,हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ । उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

राजपा अध्यक्षमण्डलको बैठक आज, चुनावी समीक्षा हुने

काठमाडौं, पुस ११ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका ...