रसुवा कार्तिक ३०, चुनावी अभियानलाई प्रभावकारी बनाउन रसुवामा वाम गठबन्धनले एसएमएस सेवा सुरु गरेको छ ।
चुनाव आउन करिव १० दिन मात्र बाँकि रहँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने देखिएपछि गठबन्धनले एसएमएस सेवा सुरु गरेको हो ।
जिल्लाका सम्पूर्ण गाउँबस्तीमा मोबाइल सेवा पुगेकाले मत माग्नका लागि एसएमएसबाट प्रभावकारी हुने भन्दै एसएमएस सेवाको प्रयोग सुरु गरिएको गठबन्धनले जनाएको छ ।
यसअघि सामाजिक सञ्जाल मार्फत चुनावी गतिविधि बढाएका वाम गठबन्धनले चुनाव जित्नका लागि नयाँ नयाँ उपाय अपनाउन थालेको छ । 