दुईपीपलमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नुवाकोट कार्तिक ३०, नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा १५० मिटर तल पुगेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

प्रहरी र साझा पार्टीका कार्यकर्तावीच ठेलाठेल

तराईका बाढी पीडितको उद्धारमा विभिन्न दलहरु केन्द्रित भइरहेका बेला विवेशशील साझा पार्टीका कार्यकर्ताहरु मंगलबार नयाँ बानेश्वर चोकमा भेला भए । तर, विवेकशील साझा पार्टीका कार्यकर्ताहरु ...