रसुवा मंसिर २, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बारेमा छलफल गर्न विराटनगरमा आज सुरक्षा समितिको बैठक बसेको छ ।
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले गृह मन्त्रालयद्वारा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं १ को सुरक्षा समिति बैठकको उद्घाटन गर्नुभएको हो ।
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले वर्तमान अवस्थामा देखिएको सुरक्षा चुनौतीलाई नयाँ रणनीतिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । गृहमंत्रालयकी सहसचिव निर्मला अधिकारीले सुरक्षामा देखिएको चुनौतीपूर्ण अवस्थालाई सुरक्षा संयन्त्रले आफ्नो सक्षमता प्रदर्शन गरी सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभयो ।