रसुवामा बम फेला

रसुवा मंसिर ४, रसुवामा बम फेला परेको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको हो ।

रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम फेला परेको प्रहरीले जनाएको छ । ।बम राखिएको जानकारी पाए लगत्तै जिल्लाको कालिकास्थानबाट नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको छ ।

निर्वाचनलाई लक्षित गरी बिहान ७ बजेतिर बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनलाई लक्षित गरी अज्ञात समुहबाट बम राखिएको प्रहरीले जनाएको छ।

‘नेपालको संविधान- २०७२’

३१ भदौ-संविधानसभाले नेपालको नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ । असोज ३ गते अपराहृन ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान घोषणा ...