एमाले अध्यक्ष ओलीको झापास्थित घरको गेटमा बम विस्फोट

झापा मंसिर ९ ,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आज ४ बजे संघीय संसदलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्। अपरान्ह ४ बजे बानेश्वरस्थित संसद भवनमा दुबै सदनको संयुक्त बैठक बस्दै छ। ...