विस्फोटक पदार्थसहित दुई पक्राउ

धादिङ, १५ मंसिर काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको हत्या गर्ने मनसायले सोमबार बम प्रहार भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।एक विज्ञप्ति जारी ...