धुर्मुस-सुन्तलीले दाम्पत्य दशौं बर्षगाँठमा ल्याए म्युजिक भिडियो

मनकारी हास्य जोडी धुर्मुस-सुन्तली अर्थात सीताराम कट्टेल र कुञ्जना घिमिरेले लगनगाँठो कसेको एक दशक पुगेको छ । हास्य जोडीको रुपमा करियरको उत्कर्षमा पुगेको बेला उनीहरु दाम्पत्य जीवनका बाँधिएका थिए । यसरी धुर्मुस-सुन्तलीले दाम्पत्य जीवनको आरोह-अवरोह पुरा गरेको एक दशक पुगेको छ । यसै मेसोमा उनीहरुले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । धुर्मुस-सुन्तलीकै युट्युब च्यानलमा यो गीत हेर्न र सुन्न सकिन्छ ।

‘म जुन दिन देखि (उनी र म)’ गीन सार्वजनिक गर्दै लोकपि्रय हास्य जोडीले आफ्नो खुसी दर्शक र शुभचिन्तकसँग साझेदार गरेका छन् । गीतकार दिनेश थपलियाले लेखेको गीतमा अर्जुन घिमिरलेले धुन भरेका हुन् । सुबिहानी फिल्म्सको प्रस्तुतीमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सुबिहानी नाम धुर्मुस-सुन्तलीकी छोरीको नामबाट जुराइएको हो ।

गीतमा राजेश पायल राई र अन्जु पन्तको आवज छ । यसको छायांकन कतार र नेपालमा गरिएको छ ।

धुर्मुस-सुन्तली जो, सामाजिक कार्यबाट विश्वकै नेपालीमाझ पि्रय छन् । उनीहरुले भूकम्प पीडितदेखि बाढी पीडितसम्मको उजाडिएको घरबार सम्हालिदिएका छन् । एकिकृत नमुना बस्ती निर्माणको अभियानबाट समाजमा नयाँ तरंग ल्याएका उनीहरुले हास्य कलाकारिताबाट लोकपि्रयताको उचाइ चुमेका थिए ।

हास्य कलाकारको रुपमा स्क्रिन शेयर गरेका उनीहरु अन्ततः वास्तविक जीवनमा पनि पति-पत्नी बने । २०६४ साल मंसीर महिनाको १४ गते बिवाह गरेका उनीहरुको एउटी छोरी छन् ।

गोसाइकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर आज रसुवामा दुर्घटनामा परेको छ । काठमाडौवाट तीर्थयात्री लिएर गोसाइकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर गोसाइकुण्ड नजिकै अवतरणका क्रममा ...