कुनैपनि दलको पक्ष विपक्षमा नरहेको निर्वाचन आयोगको स्पष्टोक्ति

रसुवा मंसिर १८, मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले हाजिरी जवाफ कार्यक्रम गरेको निर्वाचन आयोगको भनाइ छ ।

हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ । हाजिरीजवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् शीर्षनेता तथा अन्य उम्मेदवारको नाम उल्लेख भएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । एउटै भागमा सबै उम्मेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने मनसायले नाम समावेश भएको उहाँले बताउनुभयो । हाजिरीजवाफको प्रसारण भइसकेको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ ?

भनेर प्रश्न समावेश भएको तथा दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवालका बारेमा प्रश्न समावेश भएको आयोगले स्पष्ट पारेको छ । यसैगरी, तेस्रो भागमा उम्मेदवार गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उम्मेदवारीबारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।

डिएसपी दर्शन गिरीको विदाइ

८ असोज, रसुवा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) दर्शन गिरीको विदाइ गरिएको छ । विदाई कार्यक्रममा उनको ...