सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

लहान, २० मंसिर सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहनुभएका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

समाचार लेखेकै आधारमा अदालतको अवहेलना हुन्न : पत्रकार महासंघ

१८ बुँदे घोषणापत्र जारी गर्दै महासंघको केन्द्रीय समितिको बैठक जनकपुरमा सम्पन्न जनकपुर — नेपाल पत्रकार महासंघ समाचार लेखेकै आधारमा अदालतको अवहेलना हुँदैन भन्नेमा पक्षमा रहेको ...