नुवाकोटको दुबै क्षेत्रमा वाम गठबन्धन अगाडि

विदुर मंसिर २२, नुवाकोटको २ वटै क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
हालसम्म प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा. रामशरण महतले २८८३मत पाउनुभएको छ भने वाम गठबन्धनका हितबहादुर तामाङले ३३३६ मत पाउनुभएको छ ।

त्यस्तै क्षेत्र नं १ मा काग्रेसका अर्जुननरसिंह केशीले १९७० मत पाउनुभएको छ भने वाम गठबन्धनका उम्मेदवार नारायन प्रसाल खतिवडाले ३०७० मत ल्याएर लिड गरिरहनुभएको छ ।

काभ्रेको देउपुर मण्डन नगरपालिकामा एमाले विजयी

काभ्रेको देउपुर मण्डन नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा नेकपा एमालेका टोकबहादुर वाइवा ७६४६ मत ल्याइ विजयी ...