काँग्रेसका डा खड्का विजयी

दयपुर, २५ मंसिर उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गर्नुभएको हो ।

खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक नै गर्नुभएको छ ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा काँग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ ।

रसुवाको कालिकास्थानमा प्रहरी मेरो साथी कार्यक्रम सम्पन्न ।

२७ असार, रसुवा । नेपाल प्रहरीले सोमबार विहान देशभर एकैपटक ‘प्रहरी मेरो साथी’ नामक अभियानको शुभारम्भ गरेको छ यसैक्रममा रसुवाको कालिकास्थानमा पनि प्रहरी मेरो साथी ...