समानुपातिकको मतगणना चल्दै

रसुवा मंसिर २७, मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचितहुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यतर्फ ३३० स्थानकै अन्तिम परिणाम सार्वजनिक भएको हो । प्रतिनिधिसभा सदस्य १६५ निर्वाचन क्षेत्रमध्ये ८० स्थानमाविजयीहुँदै नेकपाएमाले पहिलो बनेको छ ।
३६ स्थानजितेको माओवादी केन्द्र दोश्रो र २३ स्थानजित्दै कांग्रेस तेस्रो भएको छ ।राष्ट्रिय जनतापार्टी नेपालले ११ र संघीय समाजवादीफोरम नेपालले १० सिटजितेको छ । यस्तै, नयाँशक्ति पार्टी नेपाल एक, नेपालमजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको छ ।

एकजना स्वतन्त्रउम्मेदवार विजयीभएका छन् ।यसैगरी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ पनिएमाले पहिलो दलभएको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये एमालेले १७० स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र७२ स्थानमा विजयीभएको छ भने कांग्रेस ४० स्थानमा विजयीभएको छ । यसैगरी संघीय समाजवादी फोरम २४, राष्ट्रिय जनता पार्टी १६, नयाँशक्ति पार्टी नेपालदुई, राष्ट्रिय जनमोर्चा दुई, नेपालमजदुर किसान पार्टी एक र स्वतन्त्रउम्मेदवार तीन स्थानमा विजयीभएका छन् ।समानुपातिक तर्फको मतगणना अहिले चलिरहेको छ ।

बिहान साढे ८ बजेसम्म झन्डै ७६लाखमत गणना हुँदा २५ लाख ९३ हजार ८९ मतल्याएर एमाले अगाडी छ । कांग्रेसले २५ लाख ६ हजार ३ सय ३४ मतल्याएको छ । माओवादी केन्द्र १० लाख २५ हजार ५ सय २५ मतप्राप्त गरेर तेस्रो स्थानमा छ । संघिय समाजवादीफोेरम नेपालले ३ लाख ४७हजार ७ सय २३ मतप्राप्त गरेको छ । राष्ट्रिय जनतापार्टी नेपाल २ लाख ९३ हजार २१, विवेकशिल साझा १ लाख७० हजार ९ सय २, राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख, ६९ हजार ४ सय ३१, नयाँशक्तिले ६८ हजार २ सय १७मतपाएको छ । राप्रपाप्रजातान्त्रीकले ६२ हजार ८ सय ८५, राष्ट्रिय जनमोर्चा ४० हजार ७ सय ४५ र अन्यदलले २ लाख ६५ हजार ७ सय ८७मतप्राप्त गरेकानिर्वाचनआयोगकाप्रवक्तानवराज ढकालले जानकारी दिनुभयो ।

महिलाका लागि इजरायल खुल्यो

२२ साउन – महिला कामदारका लागि इजरायल जाने बाटो खुला भएको छ । विगत पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल महिला कामदार लैजान सहमत ...