नुवाकोटको लिखु खोलामा अवैधरुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

नुवाकोट पुस २, नुवाकोटको लिखु खोलामा अवैधरुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङको मृत्यु भएको छ ।

साथीहरुसँग खोलामा माछा मार्न गएका १९ वर्षीय तामाङको आज साँझ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

उनको मृत्यु भवितव्य भएपनि सँगै माछा मार्न गएकासँग घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नुवाकोटको लिखु र तादी खोलामा विद्युत् र विषादी प्रयोग गरी अवैधरुपमा माछा मार्नेक्रममा मानवीय र चौपाया क्षतिको घटना वृद्धि हुँदै गएको छ ।

महिलाका लागि इजरायल खुल्यो

२२ साउन – महिला कामदारका लागि इजरायल जाने बाटो खुला भएको छ । विगत पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल महिला कामदार लैजान सहमत ...